मुख्य सामग्रीमा जानुहोस्
सरकारी नक्सा
खोजीमा फर्कनुहोस्
वडा सिफारिस र परिचयपत्रविश्वसनीयता: उच्च

अपांग परिचयपत्र

नगरपालिका वा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई दिने परिचयपत्र। यसमा अपाङ्गताको प्रकार र तह उल्लेख हुन्छ, र अपाङ्गता भत्ता तथा सेवा लिन यो प्रयोग हुन्छ। पहिले वडाबाट सिफारिस लिनुहोस्, अनि पालिकामा निवेदन दिनुहोस्।

शुल्क

निःशुल्क (मन्थली नगरपालिकाको बडापत्र; हेटौंडाको वडाले दिने अपाङ्ग सिफारिस पनि निःशुल्क)।

समय

१५ दिनभित्र (मन्थली)। अपाङ्गताको वर्ग स्पष्ट नभए समन्वय समितिमा पठाइन्छ र सरकारी अस्पतालमा जाँच गराउनुपर्न सक्छ, जसले बढी समय लाग्छ।
कसले निवेदन दिन सक्छ
अपाङ्गता भएका व्यक्ति आफैं, परिवारका सदस्य वा संरक्षक। कोही पनि निवेदन दिन नसक्ने अवस्थामा वडाध्यक्षले उनको तर्फबाट निवेदन दिन सक्छन् (अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४, दफा ४(२))।
कानुन
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४ (अपाङ्गता परिचयपत्र) र दफा ५; स्थानीय सरकार सञ्चालन ऐन, २०७४।

आवश्यक कागजात

  • निवेदनअनिवार्य

    पालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखामा दिइने निवेदन।

  • वडा कार्यालयको सिफारिसअनिवार्य

    ऐनअनुसार वडाको सिफारिस चाहिन्छ। हेटौंडाका वडाले यो निःशुल्क दिन्छन्।

  • नागरिकता/जन्मदर्ता र अविभावकको नागरिकताअनिवार्य

    बालबालिकाले जन्मदर्ता प्रमाणपत्रसँगै आमाबुबा वा संरक्षकको नागरिकता बुझाउँछन्।

  • अपांगता देखिने गरी खिचिएको अटो साइजको ४ प्रति फोटोअनिवार्य

    सम्भव भएसम्म फोटोमा शारीरिक अपाङ्गता देखिनुपर्छ।

  • शारीरिक परीक्षण गरेको निस्साअनिवार्य

    स्वास्थ्य जाँचको प्रतिवेदन। हेटौंडाको वडाले अपाङ्गताको प्रकार खुलाएको मेडिकल सुपरिटेन्डेन्टको सिफारिस माग्छ।

प्रक्रिया, चरणमा

  1. 1

    वडाको सिफारिस लिनुहोस्

    आफ्नो वडामा निवेदन दिनुहोस्। अपाङ्गता भएका व्यक्ति आफैं उपस्थित हुनुपर्छ।

  2. 2

    पालिकामा निवेदन दिनुहोस्

    निवेदन, वडाको सिफारिस, फोटो र स्वास्थ्य जाँचको प्रमाण पालिकामा बुझाउनुहोस्।

  3. 3

    छानबिन र वर्गीकरण

    स्थानीय तहले निवेदन छानबिन गर्छ। अपाङ्गता स्पष्ट भए वर्गीकरण खुलाएर परिचयपत्र दिन्छ। स्पष्ट नभए समन्वय समितिमा पठाउँछ, जसले सरकारी अस्पतालमा जाँच गराउन भन्न सक्छ।

  4. 4

    परिचयपत्र वा अस्वीकृतिको कारण पाउनुहोस्

    परिचयपत्र नदिने भए स्थानीय तहले लिखित कारण दिनुपर्छ। ३५ दिनभित्र मन्त्रालयमा उजुरी गर्न सकिन्छ।

जान्नैपर्ने कुरा

  • परिवारका कोही पनि निवेदन दिन सक्ने छैनन् भने वडाध्यक्षलाई भन्नुहोस्; उहाँले तपाईंको तर्फबाट निवेदन दिन सक्नुहुन्छ (ऐनको दफा ४(२))।
  • झुटो विवरण दिएर वा फरक वर्गको अपाङ्गता परिचयपत्र लिन पाइँदैन (ऐनको दफा ५)।